नेप्सेमा ३ लघुवित्तको बोनस शेयर सूचिकृत, कसको कति ?

१६ कार्तिक २०७८, मंगलवार १६:०५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको हो ।

महुली लघुवित्त ः
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर सूचिकृत भएको हो । सो प्रतिशतका दरले हुन आउने ३ लाख ७३ हजार २४० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो ।

उन्नती सहकार्य लघुवित्त ः
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनस शेयर सूचिकृत भएको हो । सो प्रतिशतका दरले हुन आउने २ लाख ६६ हजार ३३० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो ।

जनउत्थान सामुदायिक लघुवित्त ः
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४९.४० प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचिकृत भएको छ । सो प्रतिशतले हुन आउने ३ लाख ९१ हजार २४८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

उक्त शेयर सूचिकृतपश्चात यी तीन लघुवित्तको शेयर लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*