अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ

१६ कार्तिक २०७८, मंगलवार १५:४९

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिकोको बैठकले प्रस्ताव गरे बमोजिम भदौं २६ गते सम्पन्न कम्पनीको ११ औं वार्षिक साधारण सभाबाट बोनस शेयर वितरण गरेपछि कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले मेची अंचलको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीमा २५ मेगावट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कात्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*