घोडीघोडा लघुवित्तको अधिकाशं सूचकमा देखियो गिरावट

१६ कार्तिक २०७८, मंगलवार १३:३४

काठमाडौैं । घोडीघोडा लघुवित्तले चालु आर्थिक बर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा लघुवित्तका अधिकाशं सुचक घाटामा रहेका छन् ।
चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आउँदा ७ लाख ५० हजार रुपैयाँ नोक्सामा रहेको छ जुन अघिल्लो बर्ष सोही अवधिमा लघुवित्त ५ लाख ५८ हजार रुपैयाँ नाफामा रहेको थियो ।समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालक नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी १.३१ प्रतिशतले घटेर ४५ लाख ७९ हजार रुपैयाँमा सीमित रहेको छ । गत बर्ष भने सोही अवधिमा ४६ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

अघिल्लो बर्ष ४८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकोमा यो बर्ष असोज मसान्तसम्ममा लघुवित्त १० लाख १ हजार रुपैयाँ सञ्चालक घाटामा छ । सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७२ पैसा नोक्सानमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*