रैराङ हाईड्रोपावरको १८ औ वार्षिक साधारण सभा बस्ने स्थान परिवर्तन

१६ कार्तिक २०७८, मंगलवार ११:४१

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ । कात्तिक १७ गते हुने वार्षिक साधारण यस अगाडि कम्पनीको सभाकक्ष ट्रेड टावर थापाथली काठमाडौंमा हुने भनिएकोमा स्थान परिवर्तन गरी होटल ल्याण्डमार्क दरबारमार्ग काठमाडौैंमा बिहान ११ बजे बस्ने गरी सभा तय गरेको हो ।

उक्त सभाले रिडि हाईड्रोपावर डेभलपमेण्ट कम्पनीसँग मर्जर पारित गर्ने, गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरण पारित गर्ने र चालु आर्थिक बर्षको लागि लेखा परिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, यस बर्ष कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने कम्पनीले जनाएको छ । साथै साधारण सभा प्रयोजनका लागि कात्तिक ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*