रुरु जलविद्युतको नगद लाभांश शेयरधनीको बैंक खातामा

१६ कार्तिक २०७८, मंगलवार १०:५०

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खाता जम्मा गरेको छ । हितग्राही खातामा असोज ६ गतेसम्म अद्यावधिक गर्ने शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

असोज ६ गतेसम्म आफ्नो हितग्राही खाता अद्यवधिक नगराएका शेयरधनीको हकमा पनि उक्त लाभांश बैंक खातामा जम्मा गरेको छ ।
कम्पनीको असोज १६ गते सम्पन्न १५ औ र १६ औं वार्षिक साधारण सभाले १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*