एचआइडिसिएलको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

१६ कार्तिक २०७८, मंगलवार १०:४४

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको २४८ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को वितरणयोग्य संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल सरकारको स्वीकृति पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*