वाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्याङ्क सहित)

दिपक विष्ट
१५ कार्तिक २०७८, सोमबार १८:५१

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।

गत वर्ष १४ अर्ब ६० करोड ४२ लाख ७६ हजार रुपियाँ खुद मुनाफा गरेकोमा यस वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा २३ वटा वाणिज्य बैंकको खुद मुनाफा बढेको छ भने ४ वटा वाणिज्य बैंकको मुनाफा भने घटेको छ ।यस अवधिसम्ममा १ अर्बभन्दा बढी मुनाफा गर्ने बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् ।

गत वर्ष १४ अर्ब ६० करोड ४२ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा गरेकोमा यस वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपियाँ पुगेको छ । समीक्षा अवधिमा २३ वटा वाणिज्य बैंकको खुद मुनाफा बढेको छ भने ४ वटा वाणिज्य बैंकको मुनाफा भने घटेको छ ।

सिभिल बैंकले गत वर्षको पहिलो ३ महिनाको नाफा भन्दा २०१ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । त्यसैगरी सिद्धार्थ बैंकले ९० प्रतिशत, नेपाल एसबीआई बैंकले ८६ प्रतिशत, लक्ष्मी बैंकले ७७ प्रतिशत र एभरेष्ट बैंकले ७३ प्रतिशतले अघिल्लो वर्षको पहिलो ३ महिनाको तुलनामा नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

त्यसैगरी माछापुच्छ्रे बैंकले ५६ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ५५ प्रतिशत, सानिमा बैंकले ५२ प्रतिशत र मेगा बैंकले नेपालले ५० प्रतिशतले आफ्नो खुद मुनाफामा वृद्धि गरेका छन् । नाफा वृद्धि गर्ने बैंकहरुले समग्रमा ५ प्रतिशतदेखि २ सय १ प्रतिशतसम्म वृद्धि गरेको देखिएको छ ।

वाणिज्य बैंकहरुको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार नेपाल बंगलादेशको मुनाफामा सबैभन्दा बढी २८ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी प्रभु बैंकको २५ प्रतिशत, कुमारी बैंकको १० प्रतिशत प्राइम कमर्सियल बैंकको ४ प्रतिशतले नाफामा गिरावट देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*