सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने, २२ लाख आवेदकको हात खाली

१५ कार्तिक २०७८, सोमबार १८:४२

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने भएको छ ।कम्पनीले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८: ३० बजे शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आइपीओमा ३९ दशमलव ६७ गुणा बढी आवेदन परेको हो । कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । यसरी हेर्दा कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले मात्र १० कित्ता शेयर पाउनेछन् भने बाँकी २२ लाख आवेदकको हात खाली हुने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*