थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

१५ कार्तिक २०७८, सोमबार १७:००

काठमाडौं । देशभर आज पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार आज ७ हजार ४६८ जनामा पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनामा एन्टिजेन परीक्षण गर्दा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ भने ४९० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ३१८ जना संक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*