सिभिल लघुवित्तको थप ८ शाखा नयाँ कार्यालय बिस्तार

१५ कार्तिक २०७८, सोमबार १६:१३

काठमाडौं । सिभिल लघुवित्तले थप नयाँ ८ वटा शाखा कार्यालय बिस्तार गरेको छ । योसँगै सुदुरपश्चिम प्रदेशमा संस्थाले उपस्थिति जनाएको हो । संस्थाले महोत्तरी जिल्लाको परिकौली, बाँके जिल्लाको कौशिलानगर, बर्दिया जिल्लाको खैरापुर, शाहीपुर र राजापुर, कैंलाली जिल्लाको चुहा र लालपुर तथा कन्चनपुर जिल्लाको कृष्णपुरमा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

थप ८ शाखा कार्यालय बिस्तार गरेसँगै हाल संस्थाले ७४ शाखा कार्यालयबाट वित्तीय सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*