चार जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?

१५ कार्तिक २०७८, सोमबार १५:४८

काठमाडौं । नेप्सेमा हालसम्ममा तीन जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

रिलायन्स लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स र ज्योति लाइफले आ.व २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
यी चार जीवन बीमा कम्पनीद्धारा घोषित लाभांशमध्ये सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७को मुनाफाबाट कूल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत बोनस र बाँकी नगद लाभांश रहेको छ ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले पनि सेयरधनीलाई १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७८ को नाफाबाट १२ दशमलव ७ प्रतिशत बोनस र ० दशमलव ६६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई १० दशमलव ५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर ५ दशमलव ५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६र७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

त्यसैगरी, रिलायन्स लाइफले ५ दशकलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । यी प्रकृया पश्चात् मात्र शेयरधनीले लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*