सन नेपाल लाइफले व्यतित बीमालेख नविकरण गर्दा छुट दिने, कहिलेसम्म पाईन्छ सुविधा ?

१५ कार्तिक २०७८, सोमबार १३:२४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमितहरुको ढिलाई गरेको व्यतित बीमालेख नविकरण गर्दा छुट दिने भएको छ । इन्स्योरन्सले कार्तिक १५ गतेदेखि मंसिर १५ गतेसम्म पुनर्जागरण गराएमा विलम्ब शुल्कमा शत प्रतिशत छुट सुविधा दिने भएको हो ।

इन्स्योरन्सले दुई वर्ष पुराना व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट प्रदान गर्ने सूचनामार्फत जनाएको छ ।कम्पनीबाट पोलिसी जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुलाई पुनर्जागरण गर्नका लागि यस्तो स्किम ल्याइएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*