लक्ष्मी बैंकको संखुवासभामा नयाँँ शाखा विस्तार

१५ कार्तिक २०७८, सोमबार १३:१८

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले १३८ औं शाखा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नं. १ मा शुभारम्भ गरेको हो ।

उक्त शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले लिएको छ ।

बैंकको उक्त नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संजाल ५० जिल्लामा १३८ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*