रिलायबल नेपाल लाइफद्धारा १० लाख ३७ हजार बीमा दाबी भुक्तानी

१५ कार्तिक २०७८, सोमबार १२:०८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दोलखा शाखाले बिगु गाउँपालिका वडा नं.–६ आपम्पुकी बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले सदरमुकाम चरिकोटमा एक कार्यक्रमको आयोजना गरी बीमित छत्रमाया थामीका श्रीमान् बलमान थामीलाई बीमा दाबी वापतको १० लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

बीमित थामीले २०७७ कात्तिक १५ गते कम्पनीको दोलखा शाखाामा रिलायबल सुलभ जीवन बीमा गरेका थिए । दोलखा शाखाका शाखा प्रमुख बिस्नु लुइँटेलका अनुसार बीमित थामीले पहिलो किस्ता बापत ५६ हजार रुपैयाँ कम्पनीमा बुझाएका थिए । उनको गत वैशाख १४ गते मृत्यु भएको थियो ।

उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ जिल्ला दोलखाका अध्यक्ष दीपसङ्कर चौलागाईको रोहवरमा रिलायबल नेपाल लाइफ बागमती प्रदेश प्रमुख राजकुमार गिरीले प्रदान गरेका हुन्् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*