सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त

१५ कार्तिक २०७८, सोमबार ११:४५

काठमाडौं । सानिमा बैंक लिमिटेडले अध्यक्षमा तुकप्रसाद पौडेललाई नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा पौडेललाई नियुक्त गरेको जनाएको हो ।

कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले यसअघि अध्यक्ष पदमा रहेको विनयकुमार श्रेष्ठको पदावधि समाप्त भई रिक्त पदमा पौडेललाई चयन गरेको हो ।

साथै कम्पनीको कात्तिक १४ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट पौडेल सहित गायत्री थापा र डा. केशवप्रसाद आचार्य संचालक पदमा ४ वर्षको लागि नियुक्त भएका छन् ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८।०८९ को लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा एस.आर.पाण्डे एण्ड कं. चार्टर्ड एकाउन्टेण्ट्स, काठमाडौंलाई नियुक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*