नेपाल बंगलादेश बैंकको शेयर मूल्य समायोजन

१५ कार्तिक २०७८, सोमबार १०:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको प्रस्तावित १२ प्रतिशत बोनश शेयर प्रयोजनका लागि बुक क्लोज गरेको भोलिपल्ट अर्थात आजदेखि नयाँ मूल्य समायोजन गरेको हो ।

बैंकले हिजो (कात्तिक १४ गते) कायम अन्तिम मूल्य प्रतिकित्ता ४२५ दशमलव ८० को आधारमा बोनशपछिको मूल्य ३८० दशमलव १८ तोकेको हो । आजबाट नयाँ मूल्यमा कारोबार हुनेछ भने हिजोसम्म कायम शेयरधनीहरुले बोनस खान पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*