लाभांश घोषणा गरेको एनएमबि लघुवित्तको यस्तो देखियो पहिलो त्रैमास

१५ कार्तिक २०७८, सोमबार ०९:५०

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि लघुवित्तले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३ ​दशमलव ८ प्रतिशत ले मात्र बढेर ३ करोड २४ लाख ६० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ४०।४९ प्रतिशत ले बढेर ११ करोड १५ लाख ९ हजार रुपैयाँ पुगेको छ । यद्दपि, प्रोभिजनको रकम ६१२।८७५ ले बढेपछि सञ्चालन नाफामा भने ४।०२५ मात्र सुधार भएको छ । असोज मसान्तसम्म सञ्चालन नाफा ५ करोड १३ लाख ६८ हजार रुपैयाँ छ ।

त्यस्तै, बैंकको रिजर्भ कोषमा ३१।१० प्रतिशत ले सुधार गरी ३९ करोड ७५ लाख ६२ हजार रुपैयाँ जम्मा गरेको छ । लघुवित्तको हालको चुक्ता पुँजी ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सोही पुँजीमा २१ दशमलव ५० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । लघुवित्तको नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५० पैसाले घटेर २४ रुपैयाँ ५ पैसामा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*