बीमालेख हराएमा के गर्ने ? यस्तो छ बीमा पोलिसीको प्रतिलिपि लिने प्रक्रिया

२७ कार्तिक २०७८, शनिबार १२:५७

काठमाडौं । बीमा एक प्रकारको करार भएकोले बीमा अवधीभरका लागि बीमालेख अति नै आवश्यक हुन्छ । बीमा गरिसकेपश्चात् बीमा गरेको अवधिसम्मका लागि कानुनी तथा करार कार्यान्वयनको लागि बीमालेख अति नै जरुरी हुन्छ । बीमितिले आफूले बीमा गरेको बीमाको अवधि समाप्त नसकिएको अवधिसम्ममा बीमालेख कुनै पनि बेला आवश्यक पर्न सक्ने हुँदा सुरक्षित र खोजेको बेला सजिलै भेट्टाउन सकिने गरी राख्नुपर्दछ । जसको कारण बीमितले आफूले हस्तान्तरण गरेको रक्षावरण अनुसारको दावी भुक्तानीको लागि सहज हुनेछ ।

बीमालेख बीमा अवधिभरि मात्रै नभई बीमा दाबीको लागि पनि निकै महत्वपूर्ण रहेको हुन्छ । बीमितले सुरक्षितको विधि अपनाँउदा पनि कतिपयको बीमालेख हराउन पनि सक्दछ । यदि उक्त बीमालेख हराएको खण्डमा बीमितिले पुनः कम्पनीमार्फत हराएको बीमालेख प्रतिलिपि प्राप्त गर्न सकिन्छ । आफ्नो बीमालेख हराएको खण्डमा बीमितले बीमालेखको प्रतिलिपि प्राप्त गर्नको लागि आफुले बीमा गरेको बीमा कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । बीमालेख हराएको जानकारी पाए पश्चात् कम्पनी वा बीमित आफैले राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको सूचना प्रकाशन गर्नुपर्दछ । यसरी सूचना प्रकाशन गर्दा फेला नपरेको भन्ने प्रतिवेदनको आधारमा बीमा कम्पनीले बीमालेखको प्रतिलिपि दिने गर्दछन् ।

बीमितले बीमालेख हराएको खण्डमा प्रतिलिपि प्राप्त गर्न के गर्ने त ?

बीमितले बीमालेख हराएको खण्डमा बीमालेखको प्रतिलिपि प्राप्त गर्नको लागि बीमितले आफुले बीमा गरेको बीमा कम्पनीमा निवेदन पेश गनुपर्ने हुन्छ ।
बीमालेख हराएको जानकारी पश्चात् कम्पनी वा बीमित आफैले राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको सूचना प्रकाशन गर्नु पर्दछ ।
राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको बीमित स्वयमको खर्चमा सूचना दिनुपर्ने हुन्छ । सूचना जारी गरेकोे मितिले ३५ दिन भित्र कसैले प्राप्त गरेको जानकारी नआएमा कम्पनीले बीमितलाई बीमालेखको प्रतिलिपि प्रदान गर्नेछ ।

बीमितले हराएको बीमालेखे प्रतिलिपि लिन कुनै शुल्क तिर्नु पर्दैन तर बीमालेखको प्रतिलिपि लिदाँ कम्पनीले दिएको आवश्यक नियम भने पालना गर्नुपर्दछ । बीमितिले कम्पनीलाई कनै शुल्क बुझाउन नपरेपनि कम्पनीको नियम बमोजिम विज्ञापनलगायतमा केही रकम खर्चिनुपर्ने हुन्छ ।

बीमालेख हराएको खण्डमा तत्कालै प्रतिलिपि पाउने विधि सुरु गर्नुपर्दछ । तत्कालै दावी भुक्तानी माग गर्दा बीमालेख आवश्यक पर्ने र हराएको बीमालेखको प्रतिलिपि निकाल्न समय लाग्ने हुँदा समयमा बीमालेख तयारी अवस्थामा नराख्दा बीमा दावी भुक्तानीमा झण्डै डेढ महिना लामो थप झन्झट व्यहोर्नुपर्ने हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*