बैंक तथा वित्तीय संस्थालाई पुनरकर्जाका लागि आवेदन माग्यो, यस्ता छन् सर्तहरु

१४ कार्तिक २०७८, आईतवार १६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाका लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थाहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको हो । जसमा अति प्रभावित क्षेत्र पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरन्जन पार्क, रिक्रिएसन सम्बन्धी ब्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, सिनेमा हल, विद्यालय, तयारी पोशाक, हस्तकला, रोजगारी गुमेका, कुखुरापालक ब्यवसाय, पशुपंक्षी, मौरी तथा मत्स्या पालन ब्यवसाय गर्नेहरु पुनरकर्जाका लागि योग्य हुने बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले पुरकर्जाका लागि मंसिर १९ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।
https://drive.google.com/file/d/1C3E2MFSeKc54g03fugw-b3aKM86bhRMm/view

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*