कात्तिक २८ गतेदेखि गरिमा विकास बैंक र सहारा विकास बैंकको एकिकृत कारोबार सुरु

१४ कार्तिक २०७८, आईतवार १४:५५

काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंक लिमिटेडको एकिकृत कारोबार कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ । दुई कम्पनीको एकीकृत कारोबार गरिमा विकास बैंक लिमिटेडको नामबाट शुरु गर्ने लागेको हो । दुवै कम्पनीको साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंक कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तीको लागि अन्तिम स्वीकृती पाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*