ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत
१४ कार्तिक २०७८, आईतवार १३:३६
काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । बैंकको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो ।
कात्तिक १४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ज्योति विकास बैंकको ९% ब्याजदर भएको उक्त ऋणपत्र सूचीकरण गर्ने सम्बन्धी सम्झौता भएअनुसार आज बैंकको १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् भोलिदेखि नै लगानीकर्ताले उक्त ऋणपत्र खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।