सुन तोलामा ३ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

१४ कार्तिक २०७८, आईतवार ११:४०

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेकोे चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*