एक्सल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अवधि थप, कहिलेसम्म दिन पाइन्छ ?

१४ कार्तिक २०७८, आईतवार ११:३८

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराउँदै हकप्रद निष्काशन अवधिमा नेपालीहरुको महान चाड दशैं परेको हुँदा अवधि लम्ब्याइएको जनाएको हो ।

कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४ गतेसम्म चुक्तापूँजीको ३० प्रतिशतका दरले हुन आउने १० कित्ता साधारण शेयर बराबर नयाँ ३ कित्ता साधारण शेयर (१०ः३) को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

उक्त हकप्रदश शेयरमा आवेदन दिने अवधि १५ दिन थप गरी कात्तिक २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको उक्त शेयर बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*