महुली लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

१४ कार्तिक २०७८, आईतवार ११:१५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको १२० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट गत असार मसान्तसम्म कायम चुक्तापूँजी २२ करोड ३९ लाख ४४ हजार रुपैयाँबाट शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*