१४ वाणिज्य बैंकले गरे शेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?

१३ कार्तिक २०७८, शनिबार १२:१४

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरिसकेका १४ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । बैंकले २१ दशमलव ३६ प्रतिशत बोनस र ४ दशमलव ४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभाश प्रस्ताव गरेको छ ।

त्यस्तै, सबै भन्दा कम प्रस्ताव कुमारी बैंकले गरेको छ । बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८ दशमललव ६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
त्यस्तै, नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत , सिटिजन्स बैंकले १२ दशमलव ९१ प्रतिशत र ३ दशमलव ०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस र ३ दशलमव ३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ० दशमलव ७९ प्रतिशत नगद गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

२६ बाािणज्य बैंकमध्ये कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक र नेपाल एसबिआइ बैंकको लाभांश घोषणा हुन् बाँकि छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन । यी बैंकहरु लाभांश घोषणा गर्ने प्रकृयामा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*