राष्ट्र बैंकले हटायो ५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लाग्ने बन्देज , कुन उपशिर्षकमा कति ?

१३ कार्तिक २०७८, शनिबार ११:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लाग्ने बन्देज हटाएको छ ।केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो। सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जानकारी गराएको छ।

यसैगरी राष्ट्र बैंकले भन्सार उपशीर्षक ०७१३.१०.०० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि कुल ८० हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था गरेको छ।

भन्सार उपशीर्षक ०८०२.८०.०० र ०८०२.९०.०० को सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई आव २०७७/७८ का लागि २५ हजार मेट्रिकटन विदेशबाट आयात गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, भन्सार उपशीर्षक ०८०४.१०.०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाए आव २०७७/७८ को अवधिका लागि ५० हजार मेट्रिकटन आयात गर्न सकिने व्यवस्था गरिएको छ।
भन्सार उपशीर्षक ०९०४११.०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई आर्थिक वर्ष २०७७/७८ को अवधिका लागि कुल १५ हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*