कात्तिक २८ गतेदेखि गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने

१३ कार्तिक २०७८, शनिबार १९:५४

काठमाडौं ।  गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।गरिमा विकास बैंकको भदौ १५ गते सम्पन्न साधारण सभा र सहारा विकास बैंकको भदौ १२ गते बसेकोसभामार्फत दुवै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

दुवै कम्पनी एक भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रिय (रजिष्टर्ड) कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहने बताइएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*