सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

१३ कार्तिक २०७८, शनिबार २१:५६

काठमाडौं । सनराइज क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ ।शुक्रबार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*