स्वर्गद्धारी नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी झन्झटरहित बनाउन स्थानीयको माग

१२ कार्तिक २०७८, शुक्रबार १७:५९

काठमाडौं । प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

साथै कार्यक्रममा प्रमुख अतिथि एवं नगरपालिकाका मेयर नेत्र बहादुर रोका क्षेत्री, उप मेयर गोमा रेग्मी , बीमा कम्पनीका कर्मचारी, स्थानीय जन प्रतिनिधि, शिक्षक, कृषक, व्यवसायी, लगायत स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रममा ४० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन उपनिर्देशक सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य समितिकै सुन्दर प्रसाद शर्माले दिएका थिए । कार्यक्रममा बीमा समितिले प्रस्तुती दिएको थियो भने स्थानिय सहभागिहरुको गुनासो र सुझाव दिईएको थियो ।कार्यक्रममा उपस्थित स्थानीयहरुले दाबी भुक्तानी प्रकृया झन्झटरहित बनाउन बनाउन आग्रह गरेको छ ।
कृषि बीमामा भएका अप्ठ्याराहरुको सुनुवाई गरिदिन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । बीमा सचेतनाका लागि थप कार्यक्रमहरु संचालन गर्न बीमा समितिलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*