एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

१२ कार्तिक २०७८, शुक्रबार १४:०९

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*