नबिल बैंकद्धारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१२ कार्तिक २०७८, शुक्रबार १४:०५

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ ।

बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेज बहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाँउपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोेपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*