समता घरेलु लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

१२ कार्तिक २०७८, शुक्रबार १३:४६

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीाय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रिय कार्यालय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
लघुवित्तले अधिकृ/बरिष्ठ अधिकृतका तहका लागि विभागीय प्रमुख (सामान्य प्रशाससन/जनशक्ति/आन्तरिक लेखापरीक्षक/योजना विकास तथा अनुसन्धानमा केही, कनिष्ठ अधिकृत/सहायक अधिकृत तहका लागि अनुगमन अधिकृत, सुपरभाइजर/बरिष्ठ सहायक/सहायक तहका लागि शाखा प्रमुख, कनिष्ठ सहायक तहका लागि फिल्ड कर्मचारी र प्रशिक्षार्थी तहका लागि ब्यवस्थापन प्रशिक्षार्थी तथा सहायक प्रशिक्षार्थी पदका लागि केही कर्मचारी माग गरेको छ ।

त्यस्तै, श्रेणी विहिन तहका लागि आठ कक्षा उत्र्तिण १ जना सवारी चालक आवश्यक रहेको पनि लघुवित्तले निकाले सूचनामा उल्लेखित गरेको छ । जसका लागि शैक्षिक योग्यता पदका लागि आधार गरी स्नातक तह उत्र्तिण देखी एसइई पाससम्मको कर्मचारी मागेको छ ।योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आावश्यक कागजात संकलन गरी वित्तीय संस्थाको वेभसाइट र संस्थाको केन्द्रिय कार्यालय बनेपा ७ काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् ।

2 thoughts on “समता घरेलु लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?

  1. Keshab niraula says:

    give me chance

  2. Keshab niraula says:

    Give me chance assistance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*