सुन भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला कति ?

१२ कार्तिक २०७८, शुक्रबार ११:४२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज भने ४ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोेला ९१ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।त्यस्तै, बिहिबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*