गडवा गाँउपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

११ कार्तिक २०७८, बिहीबार १८:४८

काठमाडौं । दाङ जिल्लाको गडवा गाँउपालिकामा बीमा समितिले आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समितिका निर्देशक सुशिल देव सुवेदीको अध्यक्षतामा उपनिर्देशक कुन्दन सापकोटा, समितिका सुन्दर प्रसाद शर्माको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

साथै कार्यक्रममा गाँउपालिकाको उपादक्ष्यको शान्ती चौधरीको उपस्थितीमा, स्थानीय जन प्रतिनिधि, शिक्षक, कृषक, व्यवसायी, लगायत स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन उपनिर्देशक सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य समितिकै सुन्दर प्रसाद शर्माले दिएका थिए । कार्यक्रममा बीमा समितिले प्रस्तुतिती दिएको थियो भने स्थानिय सहभागिहरुको गुनासो र सुझाव दिईएको थियो ।

कार्यक्रममा गाँउपालिकाका उपादक्ष्य शान्ती चौधरीले बीमा सम्बन्धी कार्यक्रम संचालनको लागि निति तथा कार्यक्रम संचालन गरि व्यवस्थित रुपमा अघि बढ्ने कुरा व्यक्त गरे । कार्यक्रममा उपस्थित स्थानीयहरुले समयमै बीमा दाबी भुक्तानीको प्रकृया अघि बढाउन, कृषि बीमा र बीमाका याव्त बिषयहरुमा छलफल गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*