धादिङ जिल्लाको धादिङबेसीमा एशियन लाइफको नयाँ शाखा विस्तार

११ कार्तिक २०७८, बिहीबार १७:१७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४३ औं शाखाको रुपमा विस्तार गरेको छ। कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ ज्यूले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहजरुपमा जीवन बीमा सेवा पु¥याउने रणनीति अनुरुप कम्पनीले शाखा संजाल बिस्तार गरिरहेको बताएका छन्।

उद्घाटन कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, सहायक महाप्रबन्धक लोकराज जोशी, क्लष्टर प्रमुख श्री धु्रवराज लामिछाने, धादिङ शाखा प्रबन्धक प्रकाश ढुंगानाको साथै जीवन बीमा अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*