क्यूआर कोड स्क्यान गरी भाटभटेनी सुपरमार्केटमा सपिङ्ग गरेको पैसा तिर्न मिल्ने

११ कार्तिक २०७८, बिहीबार १६:४५

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा क्यूआर स्क्यान गरी समान खरिद गर्न सकिने भएको छ । आज आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोडको शुभारम्भ गरेका हुन् ।

प्रारम्भिक चरणमा भाटभटेनि भित्र प्रभु बैंकको क्यूआर कोडबाट भुक्तानी सुुविधाको औपचारिक शुभारम्भ गरेको छ । क्यूआर स्क्यान गरी इसेवा वा फोनपेमा आबद्ध बैंंक तथा वित्तीय संस्थाको मोेबाइल बैैंकिङ एपबाट स्क्यान गरेर रकम तिर्न सकिने बैंकले जनाएको छ ।

यस अघि भाटभटेनिमा नगद वा कार्ड स्वाप गरेर मात्र रकम भुक्तानी गर्नु पर्ने अवस्था रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*