नेप्से दोहोरो अंकले बढ्दा ५ अर्ब ३९ करोडको शेयर कारोबार

११ कार्तिक २०७८, बिहीबार १५:२८

नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ ।

कूल २ सय २२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएकोछ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड १९ लाख ५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*