मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम, कृषि बीमामा आवश्यक निति तयार पर्ने उपमेयरको प्रतिवद्धता

११ कार्तिक २०७८, बिहीबार १५:१२

काठमाडौं । रुकुम पश्चिमको मुसीकोट नगपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मुसीकोट नगरपालिकाका उपमेयर प्रेम कुमार सुनार स्थानीय निकायका जनप्रतिनिधिहरु, बैंक बीमा कम्पनीका स्थानिय तहमा रहेका शाखा कार्यालयका प्रमुखहरु, शिक्षक, स्थानीय उद्योगी व्यापारी, बीमा अभिकर्ता, किसान महिला तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मुसीकोट नगरपालिकाका उपमेयर प्रेम कुमार सुनारले कृषि बीमाका लागि कृषकको सहयकार्यमा आवश्यक निति निमार्ण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मुसीकोट नगरपालिकाले यसअघि स्थानीय कृषकहरुलाई निशुल्क बीमा गराँउदै आएको थियो । यस आर्थिक बर्षमा यो कार्यक्रमलाई अगाडि बढाउने वा नबढाउने बिषयमा अन्यौलता कायम भएको कुरा उपमेयर सुनारले कार्यक्रममा व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित स्थानीय किसानहरुले नगरपालिका र कृषकहरुको संयुक्त सहकार्यमा कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिने धारणा व्यक्त गरेका थिए । कृषकहरुको मागलाई सम्बोधन गर्दै उपमेयर सुनारले कार्यक्रमलाई निरन्तरता दिन आवश्यक निति तथा कार्यक्रम अघि बढाउने कुरा व्यक्त गरे । त्यस्तै, कार्यक्रममा उपस्थितहरुले बीमा दाबी भुक्तानी झन्झटरहित बनाउन बीमा समितिलाई आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*