युनिलिभर नेपालको साधारणसभा आज, नगद लाभांश प्रस्ताव मुख्य
११ कार्तिक २०७८, बिहीबार ०८:४२
काठमाडौं । युनिलिभर नेपालले कात्तिक ११ गते (आज ) वार्षिक साधारण सभा हुँदैछ । कम्पनीले सभा भिडियो कन्फरेन्समार्फत अपरान्ह ३ः४५ मा गर्ने भएको हो ।
सभाले प्रतिशेयर ६ सय ५० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि असोज २५ गते बुक क्लोज गरेको छ । जसअनुसार असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।