थप ६७२ जनामा कोरोेना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

१० कार्तिक २०७८, बुधबार १७:५३

काठमाडौं । आज देशभर पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ७ हजार १६७ जनामा पीसीआर परीक्षण गर्दा ५८२ जनामा र २ हजार ३२८ जनामा एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने निको हुने संख्या ४९० जना रहेको छ । हाल देशभर १० हजार ३७५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*