नेप्से १८ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, ४ उपसूचक राताम्य

१० कार्तिक २०७८, बुधबार १५:१६

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक १८.०६ अंकले बृद्धि भएको छ । आज नेप्से ०.६६ प्रतिशतले बढेर २७६९.१३ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोकार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ४ वटा उपसूचक बाहेक सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक रुपैयाँका आधारमा निर्जीबन बीमा समूहमा बृद्धि भएको हो भने आज होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत समूह र उत्पादन तथा प्रशोधन समूह भने राताम्य भएका हुन् ।

त्यस्तै बुधबार कारोबारमा आएका २२८ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । बैंकको आज एकैदिन ४३ करोड १९ लाख ३१ हजार ५३३ रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*