नबिल बैंकसहित आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१० कार्तिक २०७८, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँको कारोकार भएको छ ।

आज नेप्से परिसूचक १८.०६ अंकले बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार भएको हो । आज कारोबारमा आएका २२८ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । बैंकको आज एकैदिन ४३ करोड १९ लाख ३१ हजार ५३३ रुपैयाँको कारोबार भएको छ ।

साथै आइसिएफसि फाइनान्सको २० करोड ९२ लाख, एनआइसी एशिया बैंकको १९ करोड ६१ लाख, अरुण भ्याली हाइड्रोपावरको १७ करोड ९७ लाख र वेष्ट फाइनान्सको १७ करोड १० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*