साधना लघुवित्तको खुद नाफा ८८.३९ प्रतिशत बढ्यो

१० कार्तिक २०७८, बुधबार १४:५०

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीको प्रमुख सूचक बढेका छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा ८८.३९ प्रतिशतले बढेर ३ करोड २९ लाख ८ हजार रुपैयाँ पुगेको छ । जुुन अघिल्लो आर्थिक बर्षकोे सोेही अवधिमा कम्पनीको खुद नाफा १ करोड ७४ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

साथै, पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको सो अवधिमा ३ करोड १२ लाख ९२ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षमा १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १४ पैसाले बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा रहेको छ भने खराब कर्जा पनि ०.९० प्रतिशतले बढेर १.६० प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*