एनआइसी एशिया लघुवित्तको खुद नाफामा छलाङ, इपीएस कति ?

१० कार्तिक २०७८, बुधबार १४:४६

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीले यसअवधिमा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड ४९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै खुद ब्याज आम्दानी १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा पनि १४९.९२ प्रतिशतले बढेर २५ करोड ८१ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले खुद ब्याज आम्दानी र संचालक नाफा दुवै बृद्धि गर्न सफल भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा बढेकाले खुद नाफा बढ्न पुगेको हो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १८.७६ रुपैयाँ बढेर ३६.३१ रुपैयाँ पुगेको छ । साथै कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*