नेपाल लाइफको प्रदेश नं.१ मा अभिकर्ता सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात

१० कार्तिक २०७८, बुधबार १४:२२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नागरिकहरुलाई बीमा जनचेतनाका लागि प्रदेश नं.१ मा अभिकर्तालाई सहजीकरण गर्ने मोटिभेसनल कार्यक्रमको शुरुवात गरेको छ ।
यसैक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं.१ को अभिकर्तालाई मोटिभेसनल तालिम दिएको छ भने ६ गते प्रदेश भरीका शाखा प्रमुखहरु संग कम्पनीको व्यवसायिक समिक्षा र रणनिति विषयमा छलफल कार्यक्रम अघि बढाईएको थियो ।

कम्पनीले विगत ३ महिनाको व्यवसायिक प्रगती र आगामी दिनमा बिमामा जन सहभागिता बढाउन तय गरिने रणनितिको सम्बन्धमा अभिकर्ताहरु संग अन्तरक्रिया गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं. १ का प्रमुख टिकादत्त प्याकुरेलले बताए । समिक्षाले आउने ६ महिनामा कम्पनीको बजार लक्ष्य २८ वाट बढाएर ३२ प्रतिशत पु¥याउने रणनिति बनाएको प्रदेश प्रमुख प्याकुरेलले बताए ।कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वको धरानमा कात्तिक ५ गते १ साय ५० जना,७ गते दमक,उर्लाबारी,पथरी र लेटाङ्गमा २ सय ५० जना, ८ गते काकड्भिट्टा,धुलावारी,वितार्नमोड,चन्द्रगढी र सुरुङ्गामा ३ सय ५० लाई गरि ७ सय ५० जना अभिकर्तालाई तालिम दिएको छ । यसैगरी ९ गते इटहरी,विराटनगर,इनरुवा र विराटचौकका ३ सय ५० जनालाई तालिम दिने बताईएको छ ।

कार्यक्रमलाई कम्पनीको कार्यकारी प्रमुख सन्तोष प्रसाई,उप–कार्यकारी शुसिल कुमार चौधरी र प्रदेश नं. १ प्रमुख टिकादत्त प्याकुरेलले सहजीकरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*