प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश पारित गर्न युनिलिभर नेपालको साधारण सभा भोलि

१० कार्तिक २०७८, बुधबार १४:०५

काठमाडौं । युनिलिभर नेपालले कात्तिक ११ गते बिहिबार (भोलि) वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा भिडियो कन्फरेन्समार्फत अपरान्ह ३ः४५ मा गर्ने भएको हो ।

सभाले प्रतिशेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि असोज २५ गते बुक क्लोज गरेको छ । जसअनुसार असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*