सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

१० कार्तिक २०७८, बुधबार १२:५९

काठमाडौं । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिन थालेको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका डोटी, अछाम र बाजुरामा औषधिको अभाव देखिएको हो ।

त्यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक–दुई दिनमै ढुवानी नभए औषधिको समस्या देखिने निर्देशनालय दिपायल राजपुरले जनाएको छ। गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या देखिन थालिसकेको छ, भएको औषधि सकिएपछि बाहिरबाट नआँउदा यस्तो समस्या देखिएको हो ।

स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*