बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

१० कार्तिक २०७८, बुधबार १२:०३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३२ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकको संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयरको प्रतिकित्ता मूल्य २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सोभन्दा बढी मल्य अंकित गरि आवेदन दिन सकिने छ ।
उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*