सुनको मूल्य ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

१० कार्तिक २०७८, बुधबार ११:४३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । ३ दिनयता लगातार बढेको सुनको मूल्य आज तोलामा ६ सयले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँ कायम गरिएको महासंघले जनाएकोे छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*