कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

१० कार्तिक २०७८, बुधबार ११:४०

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता शेयर आजदेखि (कात्तिक १ गते) बिक्री गर्न लागेको हो ।

बैंकको संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागज संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल वा बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*